lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

samjhanchu - sabin rai & the pharaoh lyrics

Loading...

[chorus]
सम्झन्छु अझै म, भुल्न सकिन मैले
हाम्रो सम्बन्ध हिजो जे थ्यो
हुदिन खुसी म, अब सायद कहिले पनि
कति नमिठो बिछोड हो
नरुने मान्छेलाई रुवाई गयौ तिमी
यो सम्झिने मन मेरो
बिचल्ली म नहुन खोज्छु
तर असफल कोसिस हो

[verse 1]
कोर्दिन अब म मेरो भाग्य अरुसँग
नजिर जिन्दगीको अब यहि हो
गाउदिन अब म मायाका गीतहरु
नमिलेका पङ्क्ति धेरै भो
लडेर उठ्दै छु, बिस्तारै हिड्छु अब
मलाई येहि हालमा छोडिदेउ
लड्बडाउला कहिले काहिँ
जिन्दगी आखिर येही हो

[guitar solo]

[pre*chorus]
तृष्णा थियो, आफ्नो*पनको
तर मैले कहिले पाइन
इन्द्रेणी थियो, सातै रंग
सुनेको थिए, कहिल्यै देखिन
भरोसा थियो, सुखद् अन्त्यको
वियोगान्त चलचित्र झैँ भयो कहानी, ye*yeah
[chorus]
सम्झन्छु अझै म, भुल्न सकिन मैले
हाम्रो सम्बन्ध हिजो जे थियो
हुँदिन खुसी म, अब सायद कहिले पनि
कति नमिठो बिछोड हो
नरुने मान्छेलाई रुवाई गयौ तिमी
यो सम्झिने मन मेरो
बिचल्ली म नहुन खोज्छु
तर असफल कोसिस हो

Random Song Lyrics :

Popular

Loading...