
kahile kahin - albatross lyrics
[verse 1]
अति गर्यौ तर बद्लिने भाव भने देखिन
बुझेको छु, मात्र बोलेको हैन
गयो कल्ली, अचकन बाँध्नै सकिन्न
जानु नै छ, अविनाशी कोही छैन
रातो र चन्द्र, सूर्य, जङ्गी निशान
हाम्रो दशा, झरी गयो आशा
सुन्नेलाई सुनको र भन्नेलाई फूलको
थाकेको छु तर हारेको
[refrain]
कति दिन्छौ? कति दिन्छौ?
कति दिन्छौ? कति दिन्छौ?
कति दिन्छौ मलाई?
दुःख दिन्छौ मलाई?
[verse 2]
संस्कृति भनाउँदो हाम्रो निकै पुरानो
कहिलेकाहीँ बुझ्न गाह्रो, कहिलेकाहीँ बुझाउन
उहिलेको कुरा खुइलेर गए
कहिलेकाहीँ सुन्न साह्रो, कहिलेकाहीँ सुनाउन
[pre*chorus]
सानोमा लाएको बानी छुटाउनै गाह्रो भो
कुवामा परेको भ्यागुतो, कुवामै मर्ने भो
[chorus]
परिवर्तन सोचेँ, आउने नामै लिँदैन
परिभाषा तिम्रो मलाई नसुनाऊ
भत्केला सहर, तर आउने आसमा
म पर्खिँदा, पर्खिँदा, पर्खिँदा, पर्खिँदा, पर्खिँदा, पर्खिँदा पागल
[verse 3]
जुन जोगी आए नि कानै चिरेको
कहिलेकाहीँ चिन्न गाह्रो, कहिलेकाहीँ चिनाउन
ओरालो लागेको बाछो चिच्च्याई कराउँदो
कहिलेकाहीँ बाँच्न गाह्रो, कहिलेकाहीँ बचाउन
[pre*chorus]
घुम्ने मेचमाथि अन्धो मान्छे यो
कुवामा परेको भ्यागुतो कुवामै मर्ने भो
[chorus]
परिवर्तन सोचेँ, आउने नामै लिँदैन
परिभाषा तिम्रो मलाई नसुनाऊ
भत्केला सहर, तर आउने आसमा
म पर्खिँदा, पर्खिँदा, पर्खिँदा, पर्खिँदा, पर्खिँदा, पर्खिँदा पागल
Random Song Lyrics :
- люди ветров (people of the winds) - marcus tenshi lyrics
- $l!me - $not lyrics
- bugs - ellie minibot lyrics
- sunny days - sharky sharky lyrics
- needle and suture (live in japan 2019) - metal church lyrics
- фатальная ошибка - belash lyrics
- qisas - dəli yazar lyrics
- ценить (appreciate) - картавый карлик(burr dwarf) lyrics
- never let me go - mark mendy, able faces, allknight lyrics
- white lie - aisling (el paso texas) lyrics