
hamro din - arthur gunn lyrics
ती आकाशतिर हेर निला निला छन
तर कालो बादलले भने ढाकेछ
चराहरु उड्छन रुखैबाट ती पंखहरु फर्फराउदै
सुर्यको किरण संगै उठे
सागर, समुन्द्र माझ दिन बिताउदा
साझ पानी पर्दा तिमी नाचेको हेर्दा कती रमाईलो
म खोज्छु बुझ्न समय हाम्रो
मलाई नै सबै भए कती राम्रो
बदलियो जवाना, फेरिदियो मेरो दिन
खोलाहरु बग्छन आफ्नै तालैमा
बगायो घर कसैको बितेको सालैमा
तर देख्दिन अरु केही, बाहेक हराएको हाम्रो यो संस्कृती
हिडे म आज भौतारिदै भोलीको खोजीमा
तर पाए मैले सधै ‘आज’
‘भोली’ त रैछ मात्र आशा
म खोज्छु बुझ्न समय हाम्रो
देउ मलाई सब त्यही नै राम्रो
के भयो जवाना, कहाँ गयो हाम्रो दिन?
बदलिदैछ सारा संसार आखै अगाडी
गएछन सबै सुनौलो दिन पछाडी
त्यही नी गर्नुछ संघर्ष केही बनाउन यो जीवनलाई
बितेको समय बित्न देउ
अरुको कुराले आफुलाई नथिच्न देउ
उठाउ आफ्नै आवाज तिम्रो
कहिलेकाही एक्लोपन जरुरी छ यो जीवनमा
म खोज्छु बुझ्न समय हाम्रो
मलाई नै सबै भए कती राम्रो
बदलियो जवाना, फेरिदियो हाम्रो दिन
म खोज्छु बुझ्न समय हाम्रो
देउ मलाई सब त्यही नै राम्रो
के भयो जवाना, कहाँ गयो हाम्रो दिन?
बदलियो जवाना, फेरिदियो मेरो दिन
के भयो जवाना, कहाँ गयो हाम्रो दिन?
बदलियो जवाना, फेरिदियो हाम्रो दिन
Random Song Lyrics :
- 時代曲 (the anthem) - 陳奕迅 (eason chan) lyrics
- narcissistic rage - smhslashaa lyrics
- beautiful things - star kids cast lyrics
- all in love is fair - nora aunor lyrics
- hakudaku (白濁) - sukekiyo lyrics
- lucky - collide lyrics
- зомби надо хоронить (live) (zombies need to be buried) - loqiemean lyrics
- бі бо бу (bi bo by) feat. хейтспіч - мур (myr_ukraine) lyrics
- bae - hurtinghersoul lyrics
- güldüğün gün - wegh lyrics