
sambandha - bahaav lyrics
[verse 1]
गाउँ छोडी कहाँ गाको तिमी?
खोज्न गाको के जिन्दगी?
साँझको बेलामै जान्छौ के ?
बिहानको ओश नहेरी ?
[verse 2]
तिमी माया छोडी टाढा गाको, भावना बिलिन गरेर
मिठो मिठो मेरो बोलि, सम्झनाहरु छोडेर
[pre*chorus 1]
कालो कालो त्यो बादलहरु
रुमल्छन् शुन्यतामा
हुरी*बतासको समय आयो
मेरै छाँयामा बसन
मेरै छाँयामा बसन
[chorus]
नजाऊ न उडेर
झरिरहन्छ क्षितिज, झरिरहन्छ तारा
डर लाग्छ यस्तो जीवन जिउन
मायालु, मायालु
नजाऊ न उडेर
मागिरहन्छु दुआ, फर्की आउन माया
डर लाग्छ एक्लो जीवन जिउन
मायालु, मायालु
[verse 3]
केही दिन मात्र यो सम्बन्धको
रूप देख्न मैले पाएको
धेरै*धेरै आकांक्षा लिएर
अघि बढ्ने सोँच राखेको
[verse 4]
तिमी भूमिको रक्षा मात्र गर्ने हो, मलाई यहाँ बिर्सेर?
कसमहरु निभाउन मेरो मात्र एक्लो कर्तव्य हो र?
[pre*chorus 2]
खाली खाली मन भर्न, निकै शव्द चाहिन्छ
प्रार्थना गरी बस्छु म
स्याना स्याना कुराहरु, सबै पिडाहरु
कसरी तिमीलाई भनु म?
[chorus]
नजाऊ न उडेर
झरिरहन्छ क्षितिज, झरिरहन्छ तारा
डर लाग्छ यस्तो जीवन जिउन
मायालु, मायालु
नजाऊ न उडेर
मागिरहन्छु दुआ, फर्की आउन माया
डर लाग्छ एक्लो जीवन जिउन
मायालु, मायालु
Random Song Lyrics :
- slug - david shawty lyrics
- tigers on trains - carter vail lyrics
- red, white & boozed - moonshine bandits lyrics
- on my own - the belief cycle lyrics
- panda (freestyle) - ybn almighty jay lyrics
- playa vibes - nikkie bandz lyrics
- mekkrokrom - ميكروكروم - abyusif - أبيوسف lyrics
- im winterwald - paysage d'hiver lyrics
- we'll figure it out - humorus lyrics
- sides - curt kennedy lyrics