
alikati, timi - bartika eam rai lyrics
[verse 1]
नडराई सपना देख्दै छौ होला
तिम्रै सामु आएर यति सोध्न भने सकिन
तिम्रो संसार शीतल छ होला
झरीमा कहिले म सम्झन्छु तिम्रै समुद्रबारे हाम्रो आकाशमुनि
रमाउन सिक्यौ होला तिमीले गहिराइमा
[verse 2]
तिमीले भनेजस्तै, गहिरो ठाउँमा, हो, डुब्न सजिलो हुन्छ
गहिराइसँग तिमीलाई डर लाग्छ भन्दैनौ
“यहीँ त भेटिन्छन् सबैभन्दा अमूल्य अनुभूतिहरू” भन्दै म बोलाउँछु
तिमी पछ्याउँदै पौडन नआई पुग्यौ यही गहिराइमा
[verse 3]
तिमीले भनेजस्तै, नजाने गाउँको किन ठेगाना सोध्नु?
तिमीले भनेजस्तै, नहुने कुराको किन सपना देखी बस्नु?
“सपनामै त भेटिन्छन् आफ्नै कति सम्भावनाहरू” भन्दै म देखाउँछु
तिमीलाई के*के जाति अनगिन्ती सपनाहरू
[verse 4]
मेरो बाटो अन्तै रहेछ
तिमीसँग यो गहिराइमा म धेरै बस्न पनि सकिन
अन्त्य खै कहाँ छ
थाहै नपाई म पौडन्छु अर्कै समुद्रतर्फ मेरो समुद्र छाडी
तिमीलाई छोड्छु म यही गहिराइमा
[chorus]
अलिकति तिमी मसँगै रहनेछौ एकदम अन्त्यसम्म पनि
अलिकति तिमी मसँगै बहनेछौ एकदम अन्त्यसम्म पनि
नबोलेका सबै शब्द पुरिनेछन् तिमीले*मैले केही नबोली
अलिकति तिमी मसँगै रहनेछौ एकदम अन्त्यसम्म पनि
[bridge]
हामीलाई थाहा भएजस्तो संसार सकिनेछ
तर पनि म भेट्नेछु तिमीलाई त्यही झरीमा
छाता भुलेका हामी, तिमी दौडन्छौ, म हिँडिरहन्छु
[chorus]
अलिकति तिमी मसँगै बहनेछौ एकदम अन्त्यसम्म पनि
नबोलेका सबै शब्द पुरिनेछन् तिमीले*मैले केही नबोली
अलिकति तिमी मसँगै रहनेछौ एकदम अन्त्यसम्म पनि
Random Song Lyrics :
- sandwich song - anthony green lyrics
- cody - cupcakke lyrics
- lenda urbana - l3no ms lyrics
- it’s on me - cousin brian lyrics
- just you and me* - molly santana lyrics
- navyblue - chuala lyrics
- xénon - wallace cleaver lyrics
- by your neck (feat. mckdaddy) - necta lyrics
- time - zerevo lyrics
- right or wrong - evilgiane & slimesito lyrics