
jharisangadulchu (outro / epilogue) - bartika eam rai lyrics
Loading...
[verse 1]
म हुँदिन भोलि यो संसारमा, म हुँदिन भोलि यो समयमा
कहिले सम्झनामा म तिम्रो कतै न कतै आउँला
यही स्वरूपमा नभए पनि म तिम्रो आत्मालाई चिनुँला
तिमीलाई सधैँ साथ दिन्छु नभए पनि यो संसारमा
यही जीवन त फेरि हुँदैन मेरो, तर यतै कतै हुन्छु म
झरीसँगै डुल्छु म
[verse 2]
परदेखि एकैछिनमा आइपुग्छौ तिमी म भएको ठाउँमा
यति नजिक भएर पनि म तिम्रो हुन सक्दिन
सपनाहरू कति महत्त्वपूर्ण लाग्छ उमेर हुँदा साथमा
दुनियाँको अन्त्यसम्मै चाहार्दै भागी हिँड्छु म त्यही आफ्नो सपना
जिन्दगी यो सोच्छु, राम्रै बाँचेँ भन्छु, भएजति सबै आफ्नै कर्म मान्छु
पछुतो त छैन, बाँकी केही मात्र रह्यो सम्झना
झरीसँगै डुल्छु म, झरीसँगै हुन्छु म
[outro]
म हुँदिन भोलि यो समयमा
तर यो तिमीलाई छोटो सम्झना
Random Song Lyrics :
- fendi - rios lyrics
- winning - jair dynast lyrics
- quedas - ruzzy lyrics
- christmas star - ike reilly lyrics
- enfin - claude françois lyrics
- happiness - dphlowz lyrics
- o esperado - sara martins lyrics
- jack rabbit blues - peg leg howell lyrics
- denial - frankie orella lyrics
- 결혼생각 (gamophobia) - san e lyrics