
k hunthyo hola hami sangai bhayeko bhaye? - bartika eam rai lyrics
हामी, हुनेछौं सँगै अन्त्यमा
रोज्नेछौ तिमीले मलाई, रोज्नेछु मैले तिमी
यहाँ, छैन्न अरु कोही, मात्र यही जुनकिरी
चारैतिर मध्यरात हुन्छ सबैभन्दा खुसी
यही, यही नै हो अर्को जुनी
म तिम्रो, मेरो तिमी, मायाका गीतसरी
यही, यही नै हो अन्त्य थाहा छ हामीलाई तैपनि
खुसी छौँ हामी दुई
यही, यै नै हो अर्को जुनी
म तिम्रो, मेरो तिमी, मायाका गीतसरी
के हुन्थ्यो होला हामी सँगै भएको भए?
यस्तै नै कुरा मैले कति सोची बसे
अफसोस गर्ने मान्छे म कहिले बनेछु?
यस्तै नै कुरा कति मैले सोचि बस्छु तर
तिमीलाई मन पर्ने गीत म सुन्दिन
हामीले सँगै हेरेको movie म हेर्दिन
तिमीलाई मनपर्ने किताब मैले साटिसकेको छु
तिम्रो सहरमा म, झुक्केर नि आउँदिन
सक्ने भए, बनाइदिन्थे तिम्रो लागि, एउटा सहर
हुँदैन थियौ, कैले एक्लो * तिमी
तिमीलाई माया गर्ने, सबैजना समेटी
हुँदैन थियौ कहिले एक्लो तिमी
के हुन्थ्यो होला हामी सँगै भएको भए?
यस्तै नै कुरा मैले कति सोची बसे
अफसोस गर्ने मान्छे म कहिले बनेछु?
यस्तै नै कुरा मैले कति सोचि बस्छु
हामी, हुनेछौं सँगै अन्त्यमा
रोज्नेछौ तिमीले मलाई, रोज्नेछु मैले तिमी
यहाँ, छैन्न अरु कोही, मात्र यही जुनकिरी
चारैतिर मध्यरात हुन्छ सबैभन्दा खुसी
यही, यही नै हो अर्को जुनी
म तिम्रो, मेरो तिमी, मायाका गीतसरी
Random Song Lyrics :
- i see dead people - hannibal hackenbush lyrics
- angel bit - luvtwic3 lyrics
- blind vertrauen - sant (deu) lyrics
- on my own - ferlite lyrics
- how good we are - imp. lyrics
- loas intro - nino toka lyrics
- hardcore romance - beach weather lyrics
- trauma - bruniin lyrics
- stripper stole my truck - the boys [ia] lyrics
- i want - pokich lyrics