
timi - binit shrestha lyrics
तिमि
आँखा खुल्ला त तिम्रो अनुपस्थिति
आँखा बन्द गर्दा तिम्रै याद
आँखा खुल्ला त तिम्रो अनुपस्थिति
आँखा बन्द गर्दा तिम्रै याद
लाग्छ सुन्दा सामान्य तर
सताइरहन्छ मलाई, हर दिन हर रात
आखिर तिमी हौ के?
कल्पना मेरो उज्ज्वल भविष्यको?
या अस्तित्व मेरो भूतको?
आखिर तिमी हौ के?
कल्पना मेरो उज्ज्वल भविष्यको?
या अस्तित्व मेरो भूतको?
जसले पिरोली रहन्छ मलाई
तर्साउदै , झस्काउदै मेरो वर्तमानमा
जसले पिरोली रहन्छ मलाई
तर्साउदै , झस्काउदै मेरो वर्तमानमा
तिमी अपेक्षा हौ कि सफलताको ?
तिमी अपेक्षा हौ कि सफलताको ?
या असफलताको त्रास ?
तिमि किरण हौ कि आशाको
जस्ले गर्छ निराशाको विनाश
सायद तिमी मेरै मस्तिष्कको उपज होलाऊ
तिमिलाई नियालेर हेर्न त सक्दिन म
तर आंकलनमा तिमी मेरो
बेहोसी संस्करण
जस्ले रोकिरहन्छ, जस्ले धकेलिरहन्छ
मलाई अघि बढ्न
अघि बढ्न मनमा कुराहरू खेलाउन
ती कुराहरू जसले
पिरोली रहन्छ मलाई
तर्साउदै, झस्काउदै मेरो वर्तमानमा
ती कुराहरू जसले
पिरोली रहन्छ मलाई
जुन छन् सीमित केवल भविस्यको गर्भमा
परिकल्पनामा मात्रै अन्धकार भविस्यको मेरो
परिकल्पनामा मात्रै अन्धकार भविस्यको मेरो
मन भरी त्रासै त्रास
त्रास आफ्नो सपना टुट्नुको
त्रास आफ्नो सम्बन्ध छुट्नुको
ती सम्बन्ध जून मैले गाँसेको थिएँ
आफ्नो भूतसँग
ती सम्बन्ध जुन मैले कस्दै छु
आफ्नो वर्तमानसँग
ती सम्बन्ध जुन मैले टुटाउनै चाहन्न
आफ्नो भविस्यमा
भविस्य मेरो, भविस्य तिम्रो
भविस्य हामी सबैको
तर आखिर तिमी हौ के ?
सायद मेरो अन्तरात्मामा निवास गर्ने, मेरो बेहोसी संस्करण
आखिर तिमी हौ के ?
सायद मेरो अन्तरात्मामा निवास गर्ने, मेरो बेहोसी संस्करण
जो छ त्रसित मेरो वर्तमानको सम्बन्धबाट
जूनसँग गाँसिएको मेरो भविष्यसँग
जो छ त्रसित मेरो वर्तमानको सम्बन्धबाट
जूनसँग गाँसिएको मेरो भविष्यसँग
जसले पिरोलिरहन्छ मलाई
तर्साउँदै, झस्काउदै मेरो वर्तमानमा
जसले पिरोलिरहन्छ मलाई
तर्साउँदै, झस्काउदै मेरो वर्तमानमा
आँखा खुल्ला त तिम्रै अनुपस्थिति
आँखा बन्द त तिम्रै याद
लाग्छ सुन्दा सामान्य
तर सताइरहन्छ मलाई हर दिन हर रात
लाग्छ सुन्दा सामान्य
तर सताइरहन्छ मलाई हर दिन हर रात
आखिर तिमी के हौ ?
सायद मेरो अन्तरात्मामा निवास गर्ने, मेरो बेहोसी संस्करण
आखिर तिमी के हौ ?
सायद मेरो अन्तरात्मामा निवास गर्ने
बेहोसी संस्करण
शुभ रात्री
Random Song Lyrics :
- game of cards - 1slit lyrics
- down down - pdg stephen lyrics
- champion - vvest lyrics
- mi fido - fra' sorrentino lyrics
- sài gòn sẽ ổn thôi! - suzu music lyrics
- mercy - alper egri lyrics
- niña chay - sergio galleguillo lyrics
- det flyder i mit blod - hvid sjokolade lyrics
- skeletons (malkovich theme) - malkovich music lyrics
- eu nunca fui tão sozinha assim (part. voyou) - manu gavassi lyrics