
mana namana - dixita karki lyrics
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर
मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर
हाँसो लुट्यौ, खुसी लुट्यौ, लुट्यौ सबै कुरा
मनमुटुमा राखेकी थेँ, त्यसमै रोप्यौ छुरा
हाँसो लुट्यौ, खुसी लुट्यौ, लुट्यौ सबै कुरा
मनमुटुमा राखेकी थेँ, त्यसमै रोप्यौ छुरा
किन आउँछौ मेरो नजिक? तिमी जाऊ पर*पर
किन आउँछौ मेरो नजिक? तिमी जाऊ पर*पर
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर
मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर
मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर
mmm, आ
हात दिएँ, साथ दिएँ, दिएँ आफ्नै ज्यान
के कुरामा कमी गरेँ? केमा दिइन ध्यान? हा
यही कुराको पछुतो छ, तिम्लाई माया गरेँ
न त कन्या बस्न सकेँ, न त सिउँदो भरेँ
माया गरेकी हुँ तिम्लाई, गर्छु अझै पनि, तर
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर
मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर
मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर
हा, आ, आ, आ
न सुर मिल्यो, न ताल मिल्यो, न त मिल्यो लय
तिम्रो गल्ती शून्य भयो, मेरै भयो सय, हा
धन्यवाद छ, तिम्रै कारण एक्लै सिकेँ जिउन
सक्छु होला अब एक्लै मुटुको घाउ सिउन
लुट्नु लुट्यौ मेरो खुसी, अब बाँकी के नै छ र?
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर
मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर
मलाई कुनै मतलब छैन, तिमी बाँच या मर
मेरो जीवनबाट जाऊ, तिमी जेसुकै गर
हा, आ, आ, आ
Random Song Lyrics :
- the iron horse (gallows frontier, act ii) - wayfarer lyrics
- trains - tayrn lyrics
- muse - i’m geist lyrics
- 80er vibe - fick lyrics
- what's tomorrow - quencyland lyrics
- christian school - the crease rule lyrics
- un fusilador - amatria lyrics
- the speed of light - marc torch lyrics
- rendezvous - pierre kwenders lyrics
- heart broken - lil saiah lyrics