
ease - bhagwan allah god - ease is easy lyrics
ऐना हेर ए मनुष्य जाति म तिमी हो
मलाई खोज्दा*खोज्दै पुरा जिन्दगि सबको सिद्धियो
बनाए मैले केवल मानिसलाई पशु*पन्क्षि र रुखहरु
पछी आफैँ बनाइस सभ्यता अब टिक्नलाई दिन्छस घूसहरु
तेरा भेटिहरु तेरा बाँचाहरु
पर म बिपरितका आशाहरु
म झुटों दिन्न दिलाशाहरु
तर छैन कसैको खाताहरु
म लेख्दिन पाप र पुण्य
सब मरे पछि हुन्छ शुन्य
सब जले पछि न जन्मे तुल्य
सब हरे पछी के हुन्छ मूल्य
तेरो जीवनको के अर्थ दिउँ ?
म रोज्दीन कस्ट मर्म दिउँ
म त हेर्छु मात्र अनि दुखः लाग्छ
म त हेर्छु मात्र को कसरी बाँच्छ
म त हेर्छु मात्र कसलाई कति छाक छ
म हेर्छु मात्र कस्को कति भाग छ
दुखः मैले हैन तैले बनाको
घृणा मैले हैन तैले फैलाको
धर्म मैले हैन तैले चलाको
मैले तँ मात्र मान्छे बनाको
मैले तँ मात्र तलाई होश दिए
पशुहरुको माशु खाँदै रमाइस्
मैले तँ मात्र तलाई सोच दिए
मेरा मन्दिरहरु आफैँले बनाईस्
मैले तँ माया र बोध दिए
पछी मेरै नाम हरु बेचेँर खाईस्
म अनन्त हुँ
अन्त्यको बिपरित
सुरुवातको चरण पथ
न समयको अतिन
न कालको अतिन
न सोचको अतिन
मेरो खोजमा हिड्ने र क्रोधमा भिड्ने
दिदि*बहिनि न चिन्ने र जोश मा किन्ने
एक धर्म माथि अर्को धर्म गिर्ने
र बलि भन्दै मेरै माशु चिर्ने
र भेट गर्ने मलाई मेरै कृति
हुदैन भाको अनेकौ नीति मा
कुर्र मलाई अनि खोज्दै बस् तँ
कुर्र मलाई अनि सोच्दै गर्
किन दुखः पर्दा दैव हेर्दैनन्
तेरो भाग्य कसैले लेख्दैनन्
तेरो पिडा तेरै कदम र कर्मले बनेको हो
मेटिदैन धर्मले यी गुरुहरु सब ढोंगी हो
मेरो कोही संग पनि बोल्*चाल् नै छैन
अनि म पनि तै सँग बस्छु यहाँ
मेरो जग्गामा फोहोर फाल्ने हैन
अर्थात् धर्ति रगत आमा रंगाईस्
म एउटै थिएँ तेत्तिस कोटी बनाईस्
म एउटै थिएँ टुक्रा*टुक्रा जलाईस्
म नै bhagwan*allah*jesus christ
म नै buddha हुँ म नै mohammad
म नै मस्जिदमा, म नै हुन्छु church मा
म नै muslim मा, म नै hindu मा
म नै सुरुवातमा अन्त्य बिन्दूमा
तर हातमा मेरो समय रहन्न
न सक्छु तेरो भविष्य म भन्न
म परेत छुँ तेरो सोच र सुस्म
तेरो उर्जा हुँ के सक्छस बुझ्न
मलाई निहाली हेर् परेत छैन जुध्न
तेरो अघि नै छुँ खोजे छुइन लुक्न
म सबैमा छुँ , हेर् आफैँ मित्र
बसे छुइना म कुनै ढुंगा भित्र
म तेरो ऐना हुँ
म तेरो छायाँ हुँ
म तेरो सपना
तेरो माया हुँ
म आमा*बुवा
म नै लावारिस
म नै इश्वोर हुँ
म नै हुँ मानिस
के गार्हो छ चिन्न लाग्दैन साथी
सुन्दैनस विश्वास नगर म माथि
म त्यो हैन जुन तँ पुँज्दछ्स्
म त्यो हुँ जुन तँ बुँझदैनस्
मैले दिमाग तलाई लड्न होइन
देको थिएँ संसार बदल्न
तर समय संगै तलाई मेरो भन्न
मलाई घिण लाग्छ कसैको बन्न
जहाँ मानिसले*मानिसलाई*मानिस भन्दैन
अनि आत्मालाई चिने कोही आत्मिक बन्दैन
मेरो नामको व्यापार तँ धर्मिक नै हैन
यी कलाकार गुरुलाई आर्थिक सबै छ
पैसा*मोह*माया*लालचको र्याल
मैले मान्छे बनाए तर बनेछन् स्याल
खुनको नदि जब खोल्दछु झ्याल
धर्ति एउटै थियो कोरिएर बेहाल
म फसेंको छुँ तैले पुज्ने नाम मा
जैले बेचिन्छूँ म पुण्यको दाम मा
जब पुण्यको अर्थ तलाई सही लाग्छ
कति ठाउँमा भोकले सन्तान मरि राख्छ
हें ! सर्वश्रेस्ठ मानिसका रुप
तिम्हरु एउटै हो , कोही हुन्न अछुत
एउटै रगत बनाए , सकिन मुख
तेस्तो मगज बनाएँ , तै नि अबुँझ
तै नि अबुँझ तेरो दिमागलाई बुँझ
के फेर्छस सांस जब काटिन्छ रुख
किन बजाउँछस् घन्टी बालछस् धूँप
जब हिँसा देख्दा तँ हुन्छस् चुप
त्यो मर्ने मान्छे नि मै हो
मार्ने मान्छे नि मै हो
सम्हाल्ने मान्छे नि मै हो
भगवान बन्दा*बन्दै मान्छे भईंयो
Random Song Lyrics :
- το θυμάσαι (to thimase) - novel 729 lyrics
- platina ft. brandon - rixx ricky lyrics
- pobre diabla - ha*ash lyrics
- nice guy - bad//dreems lyrics
- surrender - the call lyrics
- madrugada - enjambre lyrics
- 豁得凶 (fiercely open) - gai (china) lyrics
- esmeralda - thanos mikroutsikos lyrics
- choices - cory morrow lyrics
- i remember everything - hodera lyrics