
sadak batti - mc flo lyrics
[chorus]
सडक बत्ति सेतो तर उसको सोच आज कालो छ
कुर्दै बस्दै ऊ आज कस्को आउने पालो छ ?
सम्झिदै क्रिया कलाप उस्लाई सहनलाई गारो छ
तताउनलाई रात उस्ले मौका खोजिराको छ
[verse 1]
थियो चिसो चिसो रात कोहि थिएन उस्को साथ
केहि यादहरु आउदै गर्दै पारेर दबाब
समझिनु थिएन उसलाई आज अतितका ति पाठ
खायो दुई तिन ग्लास, भारी खल्ती बिस हजार
छिप्पि सक्यो रात बजि सक्यो साडे आठ
कता जाने सोच्छ ऊ अब ठमेल ? रत्नपार्क ?
पाउन मायालुको साथ हल्का तातो चिसोमा
चुरोट बाल्दै कुर्दै बस्छ ऊ बाटो बिचमा
भैराछ मोलतोल संगै बसि एक आर्कालाई नहेरी
दुई हजार पच्चिस सयमा मान है राति भरीलाई फेरी
ढिपि गर्दै भन्छे होईन मलाई पाच हजार चाहिन्छ
भए मान, नत्र तँ जस्ता केटा हजार जाना पाईन्छ
ग्राहक आउने भाउ लाउने अनि आफ्नो रात बनाउने
पैसाले बिक्छ माया जाडोमा खाट तताउने
पाईन्छ रक्सी मासु जत्ति गेष्ट हाऊसको भट्टिमा
बिक्री छ जे पनि यहा पैसाको गट्टिमा
[chorus]
सडक बत्ति सेतो तर उसको सोच आज कालो छ
कुर्दै बस्दै ऊ आज कस्को आउने पालो छ ?
सम्झिदै क्रिया कलाप उस्लाई सहनलाई गारो छ
तताउनलाई रात उस्ले मौका खोजिराको छ
[verse 2]
नाम तिम्रो के ? घर कहा ? कोठा मन पर्यो त ?
सुनिता, भक्तपुर, अँ कोठा एस्तै ठिक छ
अनि दाई, तपाई संग साधनहरु छ कि नाई ?
किन चाहियो साधन पैसा दिम्ला डबल तिमिलाई
हुन्छ भनि मख्ख पार्दै पर्समा १० हजार राखी
कपडा खोलि उसको हवस थाप्दै आफु माथि
योन आकांक्षा मेट्दै सक्के पछि तान्दै दुबै चुरोट
अंगालोमा लिदा एक आर्कालाई गर्न थाले कुरो
फोन नंम्बर देउन घरमै भेटौँ अर्को पाली
आर्को पाली पनि आई हाल्छु नि दाई तपाईको लागि
एस्तै गर्दै, भेट्दै, धेरै चोटि घरमै हुन्छ अब
केई समय पछि तर केटिको फोन स्विच अफ भन्छ
फेरी जान्छ रत्नपार्क
आर्को केटि खोज्न जादा खेरि पर्छ गिरफ्तार
हाल्छ जेल, अदालत लान्छ सार्वजनिक मुद्दामा
सुनायो सजाय पार्यो उस्लाई छ महिना थुनामा
छ महिना जेल बसि आई, परिवर्तन छैन भाई
हिजो आज लिएर जान्छ उसले तेस्रो लिङ्गीहरु लाई
हरेक राती भोज, बेचि जग्गा बाहु बाजेको
महङ्गो रक्सी खादै बेश्यासंग गरिराछ मोज
अनि केही समय पछी उस्को तौल घट्न थाल्छ
खोक्दा खेरी पनि उस्को बल्डहरु आउन थाल्छ
अस्पतालमा डाक्टरले उसलाई रगत जाच्न भन्छ
रिपोर्ट आउदा एच आई भी, टिबि दुबै संक्रमीत रहिछ
[chorus]
सडक बत्ति सेतो तर उसको सोच आज कालो छ
कुर्दै बस्दै ऊ आज कस्को आउने पालो छ ?
सम्झिदै क्रिया कलाप उस्लाई सहनलाई गारो छ
तताउनलाई रात उस्ले मौका खोजिराको छ
Random Song Lyrics :
- g wagon - tropico lyrics
- dance on me - dave b lyrics
- maestranza - fleet foxes lyrics
- como si fueras gran cosa - erick romero lyrics
- the fall - the white birch lyrics
- serpent dream - sandbridge lyrics
- eu quero mais - oficialsmg lyrics
- rainy city blues - stepart lyrics
- figamalapena - ponzio pilates lyrics
- 나의 시간은 (every second) - baekhyun (exo) lyrics