
timro lagi - mc flo lyrics
[hook]
तिम्रो लागि तिम्रो लागि तिम्रो लागि बेबि
तिम्रो लागि तिम्रो लागि तिम्रो लागि
[verse 1]
तिम्रो लागि म जे पनि गर्छु
भन्ने धेरै भेट्छौ तर म साच्चै गर्छु
म छैन अरु जस्तो कसरी म भनु ?
छोड्ने छैन साथ चाहे बाछु या म मरु
तर मर्ने बाच्ने भन्ने कुरो हातमा हुन्न
तिम्रो हात मेरो हातमा राख्दा कस्तो हुन्छ ?
तिमी भए पुग्छ दिन्न कहिले दुख
हेर्दिन अरुलाई तिमी सधै हुन्छौ ढुक्क
हिन, हामी सगै जाउ मायाको बाटो
साथ दिन्छु सधै मलाई भन्दा हुन्छ आफ्नो
म सग हुदा हरेक दिन पार्छौ राम्रो
तिमी मेरि प्यारी अनि म तिम्रो प्यारो
खुसी साथ बिताउ यो जिन्दगी हाम्रो सगै
अघि बढौ मिलि एक अर्काको हात समाई
हरेक पललाई पछि को मीठो याद बनाई
एउटै बनाउ हाम्रो यो दुई आत्मालाई
[hook]
तिम्रो लागि तिम्रो लागि तिम्रो लागि बेबि
तिम्रो लागि तिम्रो लागि तिम्रो लागि बेबि
तिम्रो लागि तिम्रो लागि तिम्रो लागि तिम्रो लागि
यो गित गाउदै छु –
[verse 2]
धरै मान्छे आए तर कोइ पनि टिकेन
कुरे हेरे धेरै तर धेरै कुरा मिलेन
भन्नू पर्दा तिमी जस्तो कोहि पनि थिएन
तिमी मेरो जीवनमा घाम बनी आयो
दर मेरो मनलाई फेरि कमलो बनायो
हो हाम्रो बेला बेला झगडा पर्छ
तर त्यो ठिक भए पछि माया झनै बढ्छ
माया गर्छु आझ हुनु छ तिमी सग
हाम्रो सम्बन्ध प्रगाढ जन्म जन्म
हिमालको आकार भन्दा ठूलो हाम्रो बन्धन
अब फुकाउनु पर्ने छ बाधा अड्चन
त्यस पछि तिमी सग मिलि बिताउने हो जीवन
उठ्नु छ बिहान तिमी सगै खाटमा
खुसी हुँदै तिम्ले पकाको खाना खादा
सगै खुवाउछु तिमिलाई राखी काखमा
खुसी हुनेछौ जीवन भरी साथमा , बेबि
[hook]
तिम्रो लागि तिम्रो लागि तिम्रो लागि बेबि
तिम्रो लागि तिम्रो लागि तिम्रो लागि बेबि
तिम्रो लागि तिम्रो लागि तिम्रो लागि तिम्रो लागि
यो गित गाउदै छु
[verse 3]
भोलि हाम्रो आफ्नै खुसी परिवार हुन्छ
हामी माथी जिम्मेवारीको पहाड हुन्छ
जीवनमा हाम्रो पनि आउन सक्छ दुख
तर हामी मिलि त्यो बाट माथी उठ्नु पर्छ
म हुन्छु बलियो यदि तिमी साथमा छौ
म हुन्छु अढिग यदि तिमी साथमा छौ
म हुन्छु मजबुत यदि तिमी साथमा छौ
म हुन्छु तिम्रो लागि यदि आफ्नो हात दिन्छौ
हामी मिलि अँध्यारो लाई तोडि अघि बढौ
हाम्रो परिवारलाई मिलाएर अघि लगौ
भोलि गएर आफ्नो हिसाबमा हामी चल्छौ
आफुले चिनेको सब भन्दा राम्रो जोडि बनौ
म तिमीलाइ आकासमा खुला उड्न दिन्छु
तिम्रो आफ्नो सपनालाई पूरा हुन दिन्छु
ससारमा सब भन्दा ठूलो कुरा खुसी हुनु
र म तिमीलाई धेरै धेरै धेरै खुसी दिन्छु
[hook]
तिम्रो लागि तिम्रो लागि तिम्रो लागि बेबि
तिम्रो लागि तिम्रो लागि तिम्रो लागि बेबि
तिम्रो लागि तिम्रो लागि तिम्रो लागि तिम्रो लागि
यो गित गाउदै छु
Random Song Lyrics :
- 11 acre - mondo cozmo lyrics
- il nostro viaggio - rève feat. daniel street lyrics
- delicate - in her own words lyrics
- side effects - max season lyrics
- mechanism - sunboy lyrics
- take back the city (reworked) - snow patrol lyrics
- powersurge - ultimatum lyrics
- facts - whyfye lyrics
- hope j00 know - j00 lyrics
- un souvenir - isabelle boulay lyrics