
malai chodi mero chaya, nepali song - narayan gopal lyrics
Loading...
मलाई छोडी मेरो छायाँ
कतै झरेछ
तिमीसम्म आइपुग्दा
साँझै परेछ
त्यसै कति बिते मेरा
चिसा चिसा रातिहरु
तातो माया संगालेर
खोजिरहें साथीहरु
वैंश छँदा नपुगेको रातै
ढलेछ
तिमीसम्म आइपुग्दा
साँझै परेछ
नलेखेको गीत मेरो
पाखाभरि गाए जस्तो
नदेखेको माया मेरो
आँखाभरि पाए जस्तो
जिन्दगीको छेउमा कतै
ज्योति झरेछ
तिमीसम्म आइपुग्दा
साँझै परेछ
Random Song Lyrics :
- give me a try - the ivy (okc, ok) lyrics
- das ei-ein ei-movie - wolfram eicke lyrics
- can't sleep [signum remix] - above & beyond lyrics
- got caught dealin part ii - clipse lyrics
- semaforo (bonus track) - willie peyote lyrics
- dangerous - kid enigma lyrics
- bad lie - cmac_beats lyrics
- problems (sex pistols cover) - exodus lyrics
- this is the night - the the lyrics
- crystal clear - feltzpreviews lyrics