
jaba tara ganera - nirwan n' music link lyrics
जब तारा गनेर एक्लै टोलाउछौ
जब हृदय खोलेर मलाई बोलाउछौ
म बादलको सहारा लिएर चन्द्रमा बाट हेर्नेछु
म बादलको सहारा लिएर चन्द्रमा बाट हेर्नेछु
जब तारा गनेर एक्लै टोलाउछौ
मान्छेको जीवन हो सधैँ भेट्न गाह्रो हुन्छ
मान्छेको जीवन हो सधैँ भेट्न गाह्रो हुन्छ
दूरदृष्टिले मन झन साह्रो हुन्छ
दूरदृष्टिले मन झन साह्रो हुन्छ
जब पुजा गरेर मलाई सम्झिन्छौ
जब दुख भुलेर एकछिन हास्छौ
म यादको सहारा लिएर मनमनै भेट्नेछु
म यादको सहारा लिएर मनमनै भेट्नेछु
जब तारा गनेर एक्लै टोलाउछौ
मान्छेको जीवन हो सधैँ सास उडेर जान्छ
मान्छेको जीवन हो सधैँ सास उडेर जान्छ
एकदिन दैवले तन मन हरेर लान्छ
एकदिन दैवले तन मन हरेर लान्छ
जब तिमी चिच्याएर मलाई बोलाउछौ
जब आकाश हेरेर एकछिन टोलाउछौ
म बादलको सहारा लिएर तारा बनी खस्नेछु
म अदृश्य स्वरूपमा आएर तिमीसँगै बस्नेछु
जब तारा गनेर एकछिन टोलाउछौ
जब हृदय खोलेर मलाई बोलाउछौ
म बादलको सहारा लिएर चन्द्रमा बाट हेर्नेछु
म बादलको सहारा लिएर चन्द्रमा बाट हेर्नेछु
जब तारा गनेर एक्लै टोलाउछौ
Random Song Lyrics :
- who put the blood - jiggy lyrics
- crash the tv - the telephones lyrics
- futbol - 1dan lyrics
- friends & fiends - farewell, my love lyrics
- ophiuchus part 2 - bekim lyrics
- 13 candles - ancient lyrics
- vegas - kali (sk) lyrics
- a bênção (part. lucas augustinho) - aline barros lyrics
- wake up, the monster said - call me malcolm lyrics
- orphan song - brandon rogers lyrics