
budi maau - pilot (nepal) lyrics
[verse 1]
साँझ परे पछी झन् बडी तिम्रो यादको बाडी आउछ
छतको डिलमा बसी प्रयास गर्छु ज्यानको बाजी लाउन
तिम्रो यादले धकेली मन लाउँछ मलाई माथी आउन
तर गर्ह्रो छ रे आत्मा हत्याराले माफी पाउन
बुडीमाउ ! तिमि जस्तो साथी पाउन
गाह्रो छ किनकि छाड्ध्यो भाग्यले नि हात मिलाउन
चाउरी पर्या खुट्टा सम्झी ढोग गरे आशिक पाउन
मनको मान्छेलाई खुसि राख्न पर्दैन कासी धाउन
अत्ति गाह्रो आमा अत्ति गाह्रो भाको छ
तिमि फर्की आउदैनौ भनि मदिराको खाँचो छ
समस्या मेरो होइन ! यो तट्पीराको आँतको छ
मेरो सत्रु हो समस्याको हाल बिनाको पासो त
टिका लाइदेउन चोलीमा लुकाको पैसा निकाल
रातै भएनि दुखि छ असोज महिना निधार
के तिम्ले पनि ति दिनहरु सम्झिरा को छौ आमा
तिम्रै बास्ना आउछ हरेक बगिराको खोलामा !
[chorus]
फर्की आउन आमै मलाई तिम्रो निकै खाँचो छ
तिमि बिते देखि दिनहरु त बित्नै गाह्रो छ
एकछिन आउन केहि दिनु छ तेसैले डाक्दैछु
तिम्ले लान भुल्य सम्झना पोको पारि राख्दै छु
फर्की आउन आमै मलाई तिम्रो निकै खाँचो छ
तिमि बिते देखि दिनहरु त बित्नै गाह्रो छ
एकछिन आउन केहि दिनु छ तेसैले डाक्दैछु
तिम्ले लान भुल्य सम्झना पोको पारि राख्दै छु
[verse 2]
सबैले हेप्छ आमा टाउकोमा टेक्छ आमा
वरिपरि सबै जना दाउ छोप्न बेस्त आमा
कसैले नसक्ने रहेछ भलाई भाकै देख्न आमा
अँध्यारोमा पनि सबले मलाई मात्रै देख्छ आमा
कति दिन यसरी बोलाउनु? केहि त बोलन
नचिन्या कि बिर्सेको ? नचिन्या मान्छे हो र म ?
पहिला जत्ति मजा लाग्थ्यो तिमिसंग बोल्दा
त्यति मज्जा लाग्दैन बाबा ममीसंग नि बोलन
अल्छी भाछु आमा केहि गर्ने जागर लाग्दैन
तर गर्मि भाको माटोलाई छाल फाल्ने सागर थाक्दैन
बिपनामा हराइ किन सपनामा जिस्काउछौ
कि माया लाग्दैन ? हँ ? किन सम्झनाले हिर्काउछौ
सुख सम्पन्न भएनि मन खाली खाली लाग्दछ
सम्झनाले नै दुख को जाली फाली तान्दछ
मेरै साथमा छौ तर ब्यस्त हुन्छौ कहिले काहिँ
यादहरुको भार बढ्दै गो ल है त लागे अहिलेलाई
[chorus]
फर्की आउन आमै मलाई तिम्रो निकै खाँचो छ
तिमि बिते देखि दिनहरु त बित्नै गाह्रो छ
एकछिन आउन केहि दिनु छ तेसैले डाक्दैछु
तिम्ले लान भुल्य सम्झना पोको पारि राख्दै छु
फर्की आउन आमै मलाई तिम्रो निकै खाँचो छ
तिमि बिते देखि दिनहरु त बित्नै गाह्रो छ
एकछिन आउन केहि दिनु छ तेसैले डाक्दैछु
तिम्ले लान भुल्य सम्झना पोको पारि राख्दै छु
Random Song Lyrics :
- all you are is all you'll ever be - wilmette lyrics
- set my room on fire - lil liar lyrics
- all the time - mvca & natio lyrics
- gotti - vale lambo lyrics
- fools - aoora lyrics
- planet - jane lyrics
- one thing missing - eric bellinger lyrics
- flower on yr windowsill - 2007 lyrics
- il vino dell'amore - memo remigi lyrics
- if i wasn’t - jl of b. hood lyrics