
dhairya - sajjan raj vaidya lyrics
[verse 1]
बोलीले तिमीलाई तर्साए
नबोली नै बसौँ न मायालु
वचनले तिमीलाई झस्काए
कसम नखाई दिउँला म बरु
तिम्रो लालीले अंगाली
लैजाऊ न मलाई
अतासिँदै ढुकढुकाउने
ढुकढुकीको बास मै
[chorus]
चाहिए जति लेऊ समय
तिम्रो बोली आवाजलाई
मेरो नामका यी लबज सिकाउन
धैर्य सिकी बसुन्जेलमा
केही बेरलाई केई*केही छैन
तिम्रो मनलाई मेरो याद आउन…
[verse 2]
तिमीले हात यो नाचिने
अल्झाई बसौँ माया एकै छिन
औंला यी बुनेरै राखे सरी
चिन्छौ की स्पर्श मेरो कुनै दिन
मेरा भाका, राखी राख
तिम्रा ओठ बीचमै
ती ओठले आँफै*आँफै
गुनगुनाउने गीत झैँ
[chorus]
चाहिए जति लेऊ समय
तिम्रो बोली आवाजलाई
मेरो नामका यी लबज सिकाउन
धैर्य सिकी बसुन्जेलमा
केही बेरलाई केई*केही छैन
तिम्रो मनलाई मेरो याद आउन…
[refrain]
माया धेरै बेर लगाएर
तिमी कहाँ आए म
अब देखिन सधैं सम्म
तिमीलाई माया गर्छु
र मुटु मेरो टुक्रिए
यही टुक्रिएकै मुटु मेरो
हृदयमा धड्कुन्जेल
तिमीलाई म पर्खन्छु
[refrain]
माया धेरै बेर लगाएर
तिमी कहाँ आए म
अब देखिन सधैं सम्म
तिमीलाई माया गर्छु
र मुटु मेरो टुक्रिए
यही टुक्रिएकै मुटु मेरो
हृदयमा धड्कुन्जेल
तिमीलाई म पर्खन्छु
Random Song Lyrics :
- são lagrimas - zé cabra lyrics
- cantares - putumayo lyrics
- baú - vanessa da mata lyrics
- caminho - musical formosa lyrics
- ella pide dembow remix (ñejo y dalmata ft. chandy) - dalmata lyrics
- galope dos sonhos - césar passarinho lyrics
- circo pegando fogo - sub versos lyrics
- a 12 km (da casa) - gemelli diversi lyrics
- quero ter voce aqui - forró tropicália lyrics
- história da corrinha - caviar com rapadura lyrics