
kahile kahin - sugam pokharel lyrics
कहिलेकाहीँ मन मेरो आकाश छुन खोज्छ
पोखिएर तिम्रै सामु आफैँ रित्तिऊँ भन्छ
कहिलेकाहीँ मन मेरो आकाश छुन खोज्छ
पोखिएर तिम्रै सामु आफैँ रित्तिऊँ भन्छ
अब, आशा छ हृदय साट्ने
प्रेमको बन्धन कस्ने
आधा*आधी माया साटेर
तिमीसँगै जिउने, तिमीसँगै मर्ने
मलाई डुब्न देऊ (डुब्न देऊ)
मलाई रम्न देऊ (रम्न देऊ)
यी पलहरूमा बिन्ती कसैले नबिउँझाऊ
मलाई पुग्न देऊ (पुग्न देऊ)
मलाई साँच्न देऊ (साँच्न देऊ)
यो सपना हाम्रो अनन्त सम्म पुर्याऊँ
कहिलेकाहीँ मन मेरो आकाश छुन खोज्छ
पोखिएर तिम्रै सामु आफैँ रित्तिऊँ भन्छ, हो
मुस्कान त्यो अधरको मलाई मीठो लाग्छ
मुहरको कान्ति तिम्रो मलाई निको लाग्छ
म पनि तिम्रो विश्वासमा हराएँ
रूप*रङ्ग सबै बिर्सिएँ
तिमीलाई मन पराएँ
आशा छ हृदय साट्ने
प्रेमको बन्धन कस्ने
आधा*आधी माया साटेर
तिमीसँगै जिउने, तिमीसँगै मर्ने
मलाई डुब्न देऊ (डुब्न देऊ)
मलाई रम्न देऊ (रम्न देऊ)
यी पलहरूमा बिन्ती कसैले नबिउँझाऊ
मलाई पुग्न देऊ (पुग्न देऊ)
मलाई साँच्न देऊ (साँच्न देऊ)
यो सपना हाम्रो अनन्त सम्म पुर्याऊँ
कहिलेकाहीँ मन मेरो आकाश छुन खोज्छ
पोखिएर तिम्रै सामु आफैँ रित्तिऊँ भन्छ, ओ
Random Song Lyrics :
- breakbeat - watsky lyrics
- presidential speech [queen's speech ep. 4 remix] - tre' bien lyrics
- besta maga - mc troia lyrics
- flow y poder - omy alka lyrics
- coach potatoe freestyle - noble da genius lyrics
- by your side - hoody lyrics
- whispers - orla gartland lyrics
- ando buscando - carlos baute feat. piso 21 lyrics
- the world is a place - rhythm (funk band) lyrics
- sheleana - ramriddlz lyrics