
hawa lagyo - symfamous lyrics
[verse 1]
धेरै सोच्ने बानी थिएन, जे लाग्यो त्यही भन्दियो
छुचो मेरो बोली तर सफा मेरो मन थियो
गर्न आउँदैन थियो कसैको नि चाप्लुसी
अरुले जेसुकै भनुन् बाँच्थे आफ्नो कान थुनी
सबैको चित्त बुझाउन म नेता पनि परिन
आत्म सम्मान घट्ने कुनै काम पनि गरिन
गल्ती नगरेपछि डराउने कुरा भएन
भिडे सबै सित अपमान कहिले सहिँन
भन्नेले भन्थे यो तालले हुन्न यहाँ प्रगति
दुनिया दारी सिक्न थाल बाबु अब तँ पनि
आफ्नो स्वार्थ पुरा गर, उठा सबको फाइदा
संसार यसरी नै चल्छ, केही बुझ्ने कुरा छैन
मुखमा रामराम, हातमा चाहिँ सबको छुरा छ
सुखमा अरूको बाल, दुःखमा सबले गुहार्छ
अरूलाई दिन त हामी संग धेरै सुझाब छ
तर मेरो प्रश्न, कसले आफुलाई पहिला सुधार्छ?
[chorus]
हावा लाग्यो, हावा लाग्यो (हावा लाग्यो)
हावा लाग्यो, हावा लाग्यो (हावा लाग्यो)
हावा लाग्यो, हावा लाग्यो (हावा लाग्यो)
मलाई यो सन्सारको नराम्ररी हावा लाग्यो (uhh)
हावा लाग्यो, हावा लाग्यो (हावा लाग्यो)
हावा लाग्यो, हावा लाग्यो (हावा लाग्यो)
हावा लाग्यो, हावा लाग्यो (हावा लाग्यो)
मलाई यो समाजको नराम्ररी हावा लाग्यो (uhh)
[verse 2]
यहाँ सब जना गोजी भर्न तर्फ लागेकाछन्
सब जना बेमानीको भरमा बाचेकाछन्
सब जनाले आफुलाई महान ठानेकाछन्
सब जनाले फाइदालाई आफ्नो धर्म मनेकाछन्
एक टुक्रा जग्गाले दाजुभाइ बीच फाटो ल्याउँछ
छोराले बाउआमालाई नि घोक्रेठ्याक लाउँछ
सिफारिसको भरमा कसैको जागिर नि लाग्छ
सिफारिसकै भरमा कसैको जागिर पनि जान्छ
राजनिती याहाँ केवल सत्तामा सिमित छैन
अन्यायको कुरा कसैको मुखबाट निस्कीदैन
यहाँ मान्छे मान्छे बीच, किन एक रुप्ता छैन?
व्यक्तिगत स्वार्थ भन्दा माथि कोही उठ्दैन
संघर्षको बाटोमा, केटो बीचमै अड्कियो
आफ्नो सपना पछ्याउन किन आज तर्सियो?
आफ्नो लक्ष्यबाट केटो नराम्ररी भड्कियो
समाज नै फेर्छु भन्थ्यो, उ आज आफै बद्लियो
[chorus]
हावा लाग्यो, हावा लाग्यो (हावा लाग्यो)
हावा लाग्यो, हावा लाग्यो (हावा लाग्यो)
हावा लाग्यो, हावा लाग्यो (हावा लाग्यो)
मलाई यो सन्सारको नराम्ररी हावा लाग्यो (uhh)
हावा लाग्यो, हावा लाग्यो (हावा लाग्यो)
हावा लाग्यो, हावा लाग्यो (हावा लाग्यो)
हावा लाग्यो, हावा लाग्यो (हावा लाग्यो)
मलाई यो समाजको नराम्ररी हावा लाग्यो (uhh)
Random Song Lyrics :
- gone - "awesome" (indie pop) lyrics
- best of me - brynn miche lyrics
- yo no soy celoso - bad bunny lyrics
- i live in port jervis - colton caulfield lyrics
- shomal - roozbeh bemani lyrics
- vuelve - elsa y elmar lyrics
- out the window - whethan lyrics
- heart cold - mylo x austin lyrics
- back to my roots - ellis bullard lyrics
- peso - capitan, watashi! lyrics