
rimjhim rimjhim - tara devi lyrics
chorus
रिमझिम, रिमझिम, रिमझिम पानी परिरहेछ
एकनास, एकोहोरो, हामीले नामै नलिई
रिमझिम, रिमझिम, रिमझिम वर्षायाम तिम्रो साथ रात बितिरहेछ
एकलास, सुनसान, बिउँझने ठाउँ नदिई
रिमझिम, रिमझिम, रिमझिम
verse
हाँगाबिँगा, पातपात सबै भिजिरहेछ
हाँगाबिँगा, पातपात सबै भिजिरहेछ
चुपचाप स्विकारेर गुनासो गर्दै नगरे
दुवै मौन, प्रीत खालि यहाँ बोलिरहेछ
मन भन्छ, मन सुन्छ विश्राम गर्दै नगरी
chorus
रिमझिम, रिमझिम, रिमझिम पानी परिरहेछ
एकनास, एकोहोरो, हामीले नामै नलिई
रिमझिम, रिमझिम, रिमझिम
verse
उर्लीउर्ली चुलबुल खोला हिँडिरहेछ, हिँडिरहेछ
उर्लीउर्ली चुलबुल खोला हिँडिरहेछ, हिँडिरहेछ
डाँडाकाँडा, लेकबेँसी रोकिने आसै नराखे
बोल्ने कुरा केही छैन, शब्द रित्तिरहेछ
रुझी सँगै बसिरह्यौँ, छुट्टिने कुरै नसम्झी
chorus
रिमझिम, रिमझिम, रिमझिम पानी परिरहेछ
एकनास, एकोहोरो, हामीले नामै नलिई
रिमझिम, रिमझिम, रिमझिम वर्षायाम तिम्रो साथ रात बितिरहेछ
एकलास, सुनसान, बिउँझने ठाउँ नदिई
रिमझिम, रिमझिम, रिमझिम
outro
रिमझिम, रिमझिम, रिमझिम
रिमझिम, रिमझिम, रिमझिम…
Random Song Lyrics :
- antípodas - el gran wyoming lyrics
- w naszych rękach jej los - marcinek 3z lyrics
- you da man - mugen styles lyrics
- finite - hope drone lyrics
- 25 - hampi lyrics
- nobody but you - phora lyrics
- worst way - bebe rexha lyrics
- золотая вода (zolotaya voda) - линда (linda geiman) lyrics
- electrified - truslow lyrics
- that’s where the story ends - ricky warwick lyrics