
hardina - tunna bell thapa lyrics
[verse 1]
सोचेँ जस्तो, खोजेँ जस्तो
नपाइने कहिल्यै यहाँ
हासोँ सधैँ एकैछिनको
आसुँ किन होला राम्रो देखीने आखै मा?
सम्झना रमाइलो एकैछिनको
याद बनी सताउने बहाना हो
तस्बिरले एकैछिन आनन्द दिद छ
नपाएको मायाँ धेरै शुद्ध
रित्तो भावना मन मरीजान्छ
खोली पोखुँ कसरी म?
कुन दिन अन्तिम भेट हुनेछ
कुन रात अन्तिम निद्रा
हासेर साचेका सबै पलहरु
जाने होलान जलेर
मायाँ मेरो साचो, झुटो
निदाउनु अघी तिम्रै यादले
सपना भरेको छु मैले
तर फेरी घाम लाग्ला यहाँ
फेरी पानी पर्ने होला तर म
हार्नेछैन, म कहिल्यै हार्दिन
[verse 2]
को यहाँ तिम्रो? न कोही मेरो
ताराहरु किन चम्किने होलान अधेरीमै?
जीवन हाम्रो आउनु, जानु
हरेक लिएको सास सायद दोस्रो मौका त हो
आशाले भरलाई कहिले बुझ्दैन
साचेको मायालाई फुल चाहिदैन
मन सम्हाली अडकिनु छ
हेर्ने आखाँमा संसार हुन्छ
देखिनलाई त आकाश नी रुन्छ
बुझी सम्झाउ कसरी म?
जती टाढा उडे नी म
मेरो मनको मान्छे तिमी
रमाएर सबै एकैछिनलाई
यि नयनले छले पनी
मायाँ मेरो साचो, झुटो
निदाउनु अघी तिम्रै यादले
सपना भरेको छु मैले
तर फेरी घाम लाग्ला यहाँ
फेरी पानी पर्ने होला तर म
हार्नेछैन, म कहिल्यै हार्दिन
[outro]
कुनै दिन नहोला मैले तिमीलाई नसम्झेको
रातहरु कती गने होला निद्रा नपरेको
आशा कती झरी टुटे होलान कसरी समेट्ने?
कुनै डोरी छैन होला मेरो यादलाई बाध्ने
कुनै दिन नहोला मैले तिमीलाई नसम्झेको
रातहरु कती गने होला निद्रा नपरेको
आशा झरी कती टुटे होलान कसरी समेट्ने?
कुनै डोरी छैन होला मेरो यादलाई बाध्ने
Random Song Lyrics :
- страшный сон - fisco lyrics
- coward's song - bonnie "prince" billy lyrics
- vem ficar - cauê gás lyrics
- asuntos personales - la odysea lyrics
- flying in the sky - 鵜島仁文 (yoshifumi ushima) lyrics
- billo tu agg - singhsta, yo yo honey singh lyrics
- drug addiction - tme trigga lyrics
- mayrig (ana) - erkan oğur lyrics
- bol će proći - juice lyrics
- porno - queen zee lyrics