lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

kaamanaa - yabesh thapa lyrics

Loading...

अल्झाएर
नराख है त्यो मुटुलाई
जान देऊ
मलाई

यो फिक्का आकाशमा
उड्न दिनु है मलाई
बादल गर्जिए भने
नबोलाउनु है

यो तीतो भावना
कहाँ ओकालौ नी है
यो पच्छ्याई रहने यादबाट
कहाँ भागौं नी खै

माया खोजिरहे
यो पापी संसार बाट
कति रुवाउँछौ माया
अब चाहिँ नढाट

भनन मलाई
हामी दुई बीचको
सबै माया नै त थियो नी
हैन र ?

बुझाइदेउन मलाई
सम्हालन मलाई
विलाउँदैछु आज
अँगाली राख न मलाई

हेरी बसे तिमलाई उसकै
अँगालो मा बाँधिएको
टाढै बाट टोलाई रहे
त्यो मुहार चन्द्रमा जस्तो

बोलाउन त मन्थ्यो
तर आँट नै आएन
बसिरहन खोजे
तर मन ले चाहेन
संसार का सारा खुसी
तिम्रै नाम होस्
यही नै छ मेरो
कामना ।

Random Song Lyrics :

Popular

Loading...