lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu pinjadako suga – adrian pradhan

Loading...

[verse 1]
बालक बबुरो दिजशुक नाम
हुँ म परेको छु पिंजडामा
मकन, हरे शिव, शान्ति र चैन
सपना बिच पनि रति भर छैन
मेरा बान्धव बाबु र आमा
बस्छन् वनका एक कुनामा
को सित पोखुँ मनको ताप?
गर्दै पिजडाबाट बिलाप

[verse 2]
आँशु बगाई कहिले रुन्छु
कहिले मुर्दा तुल्य म हुन्छु
कहिले पागल सरि उफ्रन्छु
केवल वनको सुख सम्झन्छु
फलफुल खाइ नित्य रमाई
वनमा फिर्ने बबुरालाई
विधिले पार्यो पिंजडा भित्र
कर्म हरे शिव हुन्छ बिचित्र

[verse 3]
कति डुल्दो कति फिर्दो?
कति देशान्तर डुल्दछु?
दैब हरे किन?
बालकलाई बन्धन पर्यो व्यर्थ मलाई
शीतल पहाडी गुन्ज निवासी
भोजन मिठा पलको खास
ती सब हुँ कि आज विनाश?
बाँकी छ एकै मनको त्रास

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...