lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu aadha mann – dhoje

Loading...

यतै छौ कहीँ, बोलाऊँ झैँ लाग्यो
हराए कहीँ पछ्याऊँ झैँ लाग्यो

कसरी राखूँ म मनका कुरा यी?
कसरी बुझूँ म चाहना तिम्रा ती?

गहिरा ती तिम्रा नयनमा डुबेँ, हेर न
बोलाइका मिठा भाकामा लोभ्भेँ किन?

सपनामै रम्छौ कि? भन न
आधा मन तिम्रो पनि, आधा म

चाहे कि कतै ती मनले मलाई?
बोलाए कि, खै, ती आँखाले मलाई?

कल्पनामै बत्तिएछन् यी पाइलाहरु
बोल्दै नबोली आत्तिएछन् ती मुटुहरु

सम्झनामै रम्छौ कि? भन न
आधा मन तिम्रो पनि, आधा म

कसरी राखूँ म मनका कुरा यी?
कसरी बुझूँ म चाहना तिम्रा ती?

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...