lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu malai mera ma – easy is easy

Loading...

[intro]
आज आफ्नै खोज्मा म भौतारिंदै छु
म को हो?
यो “म” भन्ने सर्वनामको अर्थ कहाँ बास बस्छ?
के मेरो म, र अरुको म भिन्न छ?
कि सबै एक हो?
किन आज एक्लै छु?
कि मेरो मनले मलाई एक्लो बनाउदै छ?
यो मेरो म क हो, यो मेरो म कहाँ छ?
कस्तो छ यो मेरो म?
प्रश्नहरुमा आज म दुब्दै छु

[verse]
म एक प्रश्न हु
पूर्व जन्मी, यो दक्षिणी र पश्चिमी संगीतको उत्तरमा (yeah)
म बुद्धमा खोज्छु सुख यहाँ
तरा राणा सासन झै दुःखमा
म सुद्धा यहाँ, छन् लुप्त जहाँ
अपमन र घृणा भाई सुन्यता
म धुलोमा, गरीबको चुलोमा
हरेक बेघरको छाप्रोको दुलोम
म बाढिमा, पहाडको पहिरोमा
दुर्घातीत विमान, समुन्द्री गहिरोमा
म घासमा, गान्जको पातमा
तेरो हातमा, हरेक तल्लो र पीडितको जातमा
म राखमा, चिताको अग्नीमा
जलिरहेको लसको विधुवा पत्निमा
म असतिमा, घुस्को सम्पत्तीमा
म दुब्दै छु, जगरुक रैछु
म शक्तिको आवज बन्दुक रैछु
म तुक्रेछु देश बिदेश जस्तै
पीडित किसानहरूको बाँझो खेत बन्दै
म भाग लिन्न कसैको अपमानमा
हाँस्दिन अरुको बलिदनमा
म वायु हु, सबैको फोक्सोमा
जातपातले गरिने म रोक्तोकमा
म हिन्समा, म कुसोचमा
बलत्कारीहरुको म छु होसमा
म चामलमा छु, जुन पहाड्मा पुग्दैन
त्यो आवजमा छु, जुन सरकारले सुन्दैन
त्यो हावास्मा छु, जस्ले आफ्नै खुन खानछ
त्यो बाउमा छु, आफ्नै छोरीको लुगा तान्छ
म निचमा छु, म फोहोरीमा छु
म सरीर बेच्ने दलाल छोरीमा छु
म एक प्रश्न हु, पूर्वजन्मि, यो दक्षिणी र पश्चिमी संगीतको उत्तरमा
म छु डैडमा, म छु त्रासमा
म रोग-पिडीत मन्छेको आशमा
म दैत्यमा छु, म देउतमा छु
म हुल्मा छु, हरेक एउटामा छु
म क्रान्तीमा छु, म शान्तिमा छु
म ज्यान लिद छु, म दुःख हु, झार्छ आँसु बनेर
बदला हु, मार्छु आँसु गनेर
म एक बोउलहा हु, म पगल हु
म लुतियको इज्जत, अनादर हु
म हराएको मन प्रतिश्था हु
अपमन गरियको भिक्ष्या हु
म पाप हु, नर्कको ताप हु
म दनवहरु जगाउँने जाप हु
म मृत्यु हु, रोगी शिसु हु
अपहेलना सहेको एक भिक्षु हु
बुदपखा हु, घरबाट त्यगियको बच्चा हु
सडकमा फ्यकियको म प्रेमी हु, झुन्दियको पसोमा
म बास बस्छु पपिको हाँसोमा
म बाघमा जस्को छला तानियो
म गैंडामा जस्लाई आज मारीयो
म हिन्समा, म बिरोधमा
म अरुले फसयको निर्दोशमा
म आफुमा, म यो संसारमा
म हरेक अपरिचित लगनसारमा

[outro]
जसलाई दुःख छ, जीवन अधेरो छ
सेरोफेरोमा पिडाको मोटो घेरो छ
मलाई दुःख छ, जीवन अधेरो छ
हरेक पल सतौदै छ, मलाई मेरो म
मलाई दुःख छ, जीवन अधेरो छ
हरेक पल सतौदै छ, मलाई मेरो म
मलाई दुःख छ, जीवन अधेरो छ
हरेक पल सतौदै छ, मलाई मेरो म

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...