lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu naresauna maya – lission khadka

Loading...

[verse]
सम्बन्धमा साना*साना झगडा भइहाल्छ, माया
साथै छोडी नजाऊ न
तिमी त खुशी होलाउ त्यहाँ, मचाहिँ के गरौँ यहाँ?
माया, फर्की आऊ न

[verse]
आऊ न, सँगै बसौँ हामी, सुरु गरौँ नयाँ कहानी
तिम्रो मन मलाई लेऊ न
साह्रै तिम्रो याद आउँछ, आँखाहरू रसाउँछ
पुराना कुरा बिर्सिदेऊ न

[verse]
माया, कति राम्री भाको, आँखाहरू छन् लोभलाग्दो
सधैँ मेरो मन चोरी हिन्छ्यौ
नजाऊ न मन फेरी, मुस्कुराइदेऊ यता हेरी
रिसाउँदा नराम्री देखिन्छ्यौ

[bridge]
त्यसैले

[verse]
नरिसाऊ न, माया, फर्की हेर्देऊ, आऊ न, अँगालो बेर्देऊ
म तिम्रो, तिमी मेरै हो
जति टाढा जान खोज्छु, जति हेर्दिन भन्छु
आँखा भने तिम्लाई मात्रै हेऱ्याहेरै भो
[verse]
कसरी म व्यक्त गरूँ मनका भावनाहरू?
तिमी सामु आउँदा लजाउँछु
डुबिरहन्छु तिम्रो आँखामै, सधैँ तिमी हाँसिराख है
तिमीलाई मनमै सजाउँछु

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...