lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu sano naulo sansaar – peeyush nepal & abhibyanjana rubhi thatal

Loading...

[verse 1: abhibyanjana rubhi thatal]
बगाई लग्यो प्रकृतिले, मह भन्दा मिठो
भिन्न थियो हिजो, आज अर्कै
बढ्छौं बलियो हृदय लिएर
उहि घामले हर्ष दिन्छ भनि सोचेंर
कहाँबाट कहाँ पुग्ने यो पहाडमा
उज्यालो छ वारिपारि रमणमा

[pre*chorus: both]
ति सानासाना आँखाले भरिदियो मन
हेर्ने छौँ आशा सरि अर्को क्षण

[chorus: both]
बाकास भयो घर, भाग्न लाग्यो डर
अगुल्टोले दियो न्यानोपन
चराचुरुङ्गी भए छिमेकी
हाम्रो सानो नौलो संसार
हाम्रो सानो नौलो संसार

[verse 2: peeyush nepal & both]
पुग्यौं हामी यो शान्तीको देश
बादलसंगै उड्दछ मन, सितल हावाले सेलाई लान्छ
नौलो माटोको कोमलतामा रोप्नेछौं खुशीको बिरुवा
हेर्दै बस्नेछौं आकाशमा, लेख्नेछौं आफ्नै भाग्य

[pre*chorus: peeyush nepal]
ति सानासाना आँखाले भरि दियो मन
हेर्ने छौँ आशा सरि अर्को क्षण

[chorus: both]
बाकास भयो घर, भाग्न लाग्यो डर
अगुल्टोले दियो न्यानोपन
चराचुरुङ्गी भए छिमेकी
हाम्रो सानो नौलो संसार
हाम्रो सानो नौलो संसार

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...