lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu sasto mutu – sajjan raj vaidya

Loading...

[verse 1]
के खाले माया यो?
दिनदिनै कमाउनु पर्ने रे
मनले पुग्दैन शिर माथि चढाउनु पर्ने रे

[pre*chorus]
यसरी नहेर, माया लाउँदा के पाइयो र, खै?
लै, तिमी नै राख यो कहीँ नभाको मन तिमीसँगै, ओ

[chorus]
किन गाउछन् कुन्नि माया बरेमा?
आफूलाई त पिरतीले कहिले फापेन
बस्दिन है म चाहिँ तिमी पर्खेर
जान्छु जुन बाटो आएँ त्यहीँ बाटो फर्केर

[post*chorus]
woah, oh, oh, oh
woah, oh, oh, oh

[verse 2]
के तालको मनपरी आफैलाई महारानी रे?
कुन चाहिँले गफ लाइ दियो
आफूलाई खुबै ठानिछे
कि के हो खै? तिम्रो कुरै बुझेँ त के भन्नु
कहिले घुमाउरो कुरामा तिम्ले घुमायौ, म नि घुम्दे
[pre*chorus]
त्यसरी नहेर, माया लाउँदा के पाइएला है?
लै, तिमी नै राख त्यो कहीँ नभाको मन तिमीसँगै, ओ

[chorus]
किन गाउ छन् कुन्नि माया बरेमा?
आफूलाई त पिरतीले कहिले फापेन
बस्दिन है म चाहिँ तिमी पर्खेर
जान्छु जुन बाटो आएँ त्यहीँ बाटो फर्केर (hey)

[post*chorus]
woah, oh, oh, oh
woah, oh, oh, oh

[outro]
महँगो रहेछ माया तिम्रो, मलाई चाहिँएन
चोखो माया खेजेकै थिएँ, त्यो नि पाइएन
ए कान्छी, तिम्रै पछि लागेँ, बुझेँ यस्तो पो रहेछ
तिम्रो माया महँगो, मुटु चाहिँ सस्तो रहेछ
महँगो रहेछ माया तिम्रो, मलाई चाहिएन
चोखो माया खेजेकै थिएँ, त्यो नि पाइएन
ए कान्छी, तिम्रै पछि लागेँ, बुझेँ यस्तो पो रहेछ
तिम्रो माया महँगो, मुटु चाहिँ सस्तो रहेछ

lirik lagu lainnya :

YANG LAGI NGE-TRENDS...

Loading...